हिजो लाहुरे आऊँदै वहा भन्ने समाज
आज लौ न नि भन्दै छन् आफन्त र छरछिमेक
हिजो पाहुना आऊँदा रम्नें ऊ
आज कोहि नआए झै हुन्थ्यो भन्दैछ
हिजो क्षणभर घरमा नबस्ने ऊ
आज घरको चार दिवारमा कैद छ
हिजो कोलाहाल हुने ति भिड़हरु
आज मोबाइल र ल्यापटपको स्क्रीनमा सिमित छ
हिजो डॉक्टर भेट्न पाउदा वाह भन्ने ऊ
आज स्वयम् लौन नि भन्दै छ
हिजो बाझों रहेको त्यों गैरि खेतबारी
आज गैरि खेत त के सबै पाखा पखेरो उर्बर छ
हिजो टिटटिट घुरघुर गर्ने त्यों आवाजहरु
आज हराएको छ प्रकृति शान्त छ
हिजो उ घुमेर आउदा वहा भन्ने समाज
आज त्यही समाज लौननी भन्दै छ !!!!!!
हिजो पैसाको धाक देखाउने ऊ
आज पैसा छुन समेत डराएको छ
हिजो जिऊँदाको जन्ति मर्दाको मलामी भन्ने समाज
आज न कोई जन्ति न कोहि मलामीको अवस्था छ
हिजो चिसो पानीले स्वागत गर्ने समाज
आज मास्क र स्यानिटाईजरले गर्दै छ
हिजो कति कति भित्र बस्छस् भन्ने अभिभावक
आज बाहिर ननिस्कन उर्दी जारी छ
हिजो कोहि बिरामी भए भेला हुने समाज
आज लौ न नि त्यों घरमा जानु हुँदैन है भन्दै छ
हिजो हैंन्डचेक अंकमाल गर्ने समाज
आज दुईफिट टाढैबाट नमस्ते गर्दै छ
हो यहाँ अहिले यस्तै छ
हिजो र आजमा फरक छ
किनकी
यत्रतत्र सर्बत्र
कोरोनाको कहर छ
कोरोनाको कहर छ !!!!!!
बिश्व मानचित्रमा प्राय सबै मानिसहरू एसआरामको लागि हरदम खटिरहेका छन् त्यस किसिमको इच्छालाई परिपूर्ति हेतु नयाँ नयाँ आविस्कारहरू दिनानुदिन बढिरहेको अवस्था छ l विगतको हाम्रो जिबनशैली र अहिले हामीले बिताउने जीवनका बिच अति नै अन्तर रहिआएको छ l संक्षिप्तमा भन्नुपर्दा हाम्रो आजको जिबनशैलीभौतिक सुखसुबिधाले भरिपूर्ण छ र हामी लगभग यि बस्तुबिना बाच्न गाह्रो हुने अवस्था आइसकेको छ कारण हामी यसमा पूर्ण रुपमा लिप्त हुदैँ छौ !!!!
तथापि यो बिच हामीले केहि गुमाएको जस्तो आभास भएको छ l हामी केहि हदसम्म समयसँग संझौता गर्न पुगेका छौ र हाम्रो कदममा केहि त्रुटिहरू देखापरेका छन् जसको भागिदार स्वायम् हामी आफैँ बन्न पुगेका छौ l सुबिधाले भरिपूर्ण हुदाँ हुदैँ पनि हामीमा के वास्तविक सन्तोष मिलेको छ त l यक्ष प्रश्न यो हो l यो मानेमा हामीले गम्भिर भएर सोच्न पर्ने बेला आएको छ l आजको समयमा भाईचाराको संबन्धको बारेमा उचित मुल्याकन गर्न पर्ने अवस्था आएको छ l जुनरुपमा संसारका देशबिच शीतयुद्द चलेको छ त्यसले हाम्रो प्रत्यक्ष जिबनमा नकरात्मक छाप परिरहेको छ l ब्यक्तिबादी सस्कृति मौलाउदै गएको छ जसले गर्दा मानवताको परिचय नै गुम्ने डर बढेको छ l बिभिन्न समाज क्षेत्र समुदाय र देशबीच बढेको युद्द अहमले गर्दा हामी त्राही त्राही भई बस्नपर्ने अवस्था आएको छ l हामीले वास्तविक रुपमा शान्तिको आभास गर्न पाईराखेका छैनौ l हामीले पाएको शान्ति मुर्दा शान्तिको रुपमा चित्रित गर्न सकिन्छ कारण भित्रभित्रै खिइदै गएका छौ l जसरी एउटा कुकुरले एउटा हड्डी भेट्यो भने निरन्तर चपाउदै जान्छ जसले गर्दा उसलाई गिजामा घाउ परेको पनि पत्तो हुदैन पछि त्यही रगत हड्डीमा मिसिन्छ र उसले त्यस्लाई मासु खाएको आभास हुन्छ तर उसलाई यसले गर्दा के गुमाउनु परेको ज्ञात हुदैनl यो प्रसंगमा कुकुरले जुन रुपमा शान्ति पाएको छ हामीले पाएको शान्ति पनि त्यही अनुरुपको छ l हामी भित्रभित्रै खिईएर जिबन बिताउन परेको छ l घरका सदस्यबिच अहमता बढेको छ र हाम्रो यो जिबनलिला कति खेर गएर तुहिन्छ भन्ने कुरा कसैलाई थाहा छैन l यस्तो बाध्यतमक अवस्थामा हामीले हाम्रो जिबन बिताउन परेको छ l भित्रभित्रै खोक्रो भएर l यही अवस्था बिद्दमान रहने हो भने फेरी तेस्रो ..चौथो युद्दको शंकघोष हुनेछ जुन अति नै विनासकारी हुनेछ र तब सम्म चलिरहने छ जब सम्म यो संसार नै बिलिन भएर जाने छैन l
त्यसैले यो गम्भिर प्रसंगमा हामीले ध्यानआकर्षण गर्न पर्ने अवस्था आएको छ र हामीले स्वयम्लाई असली मानवीयता परिचय खोज्न पर्ने भएको छ l तबमात्र हामी वास्तविक शान्ति यो संसारमा पुनः स्थापित गर्न सक्षम हुन्छौ l एकले थुकी सुकी सयले थुकी नदी भन्ने टुक्का इंकित गर्दछ कि हामी सबै जनाले आ-आफ्नो स्थानबाट शान्ति सदाको लागि ल्याउन अघि बढ्ने हो भने हामी यो काममा सफल हुनेछ l हामी पुनः शान्तिको दिप प्रज्वलन गर्न सक्षम हुनेछौ जहाँ हामी हाम्रो जिबन शान्तिपुर्बक बिताउन सफल हुनेछौ l जय शान्ति जय शान्ति !!!!!!!!!!