Archive for February, 2020

हिजोको दिनमा हुने प्रतक्ष्य संबादहरू

गोदुली साँझमा हुने जमघटहरू

सुखदुःखको पल साट्ने बसाईहरू

मनोरन्जनात्मक हुने ति भ्रमणहरू

आज कता कता हराउदै छ !!!!!

सबै एक्लिदै छन् झैँ लाग्दै छ

आज भेटहरू फेसबुकको भित्तामा सिमित छ

मेसेन्जर भाइबरमै मानिस मस्त छन्

बल्ल बल्ल हितैसी भेट्दा पनि

अर्को हितैषी घोसे मुन्टो लगाउदै छ

संगैको मित्रसँग बात गर्नु छैन

च्याटरूममा हराउदै छ

फोटोमा लाईक कमेन्ट गन्दै छ

काल्पनिक संसारमा हराउदै छ

इन्स्टाग्राममा छिनछिनमा फोटो हाल्दै छ

टुइटरमा मनको कुरा लेख्दै छ

तै पनि तै पनि

मानिस एक्लै महसुस गर्दै छ

निराकार जंगलमा हराएको न्याउली जस्तै !!!!!!!

किनकि वास्तविक संसार अर्कै छ

च्याटले समीप्येतामा गाढा ल्याउदैन

लाईक कमेन्टले प्रतिष्ठा बढ्दैन

टुइटरमा हजारौ फ्लोवर भए पनि

पर्दा दुईचार जना पनि हुदैनन्

चिया पिउदै हुने बार्तालापलाई

भिडियो कलले पुरा गर्दैन

इन्स्टामा लाईकको वर्षा हुनेको

असली धरातल त्येस्तो हुदैन

संगै भई हासखेल गर्ने रहरलाई

इस्काइपले पुरा गर्न सक्दैन

अनि संजालमा पुरै लिप्त हुदाँ

मानिस एक्लाको एक्लै

फगत एक्लै !!!!!!!!!

 

 

 

 

 

 

नियति र याचना

Posted: February 17, 2020 in Uncategorized

एउटा तारा आकाशबाट

हेर्छ राति राति

नरुनुस न आमाबुबा

भन्छ राति राति

अल्पआयु मै बिछोडिदा

तड्पेको छ ऊ  बिबश छ ऊ

तै पनि तै पनि

बिक्षिप्त मनलाई सम्झाउदै

आकाशलाई गुन्जमान गर्दै

भन्दै छ ऊ

नरुनुस् न आमा बुबा

दाजुभाई दिदिबहिनी

अनि मेरा प्यारा आफन्तमित्रहरु !!!!!!!

 

कोहि के लेखिदियो भाबीले

षष्टीको दिनैमा

यो अभागी निधारैमा

बल्ल बल्ल फर्किन खोजेको फुल

अनायासै टिपिक्क भाचिदिदा

उडेको छ शोभा त्यो बोटको

अनि त्यो पलाएको अंकुरणमा

आशा गर्न लाचार छन्

मेरा सबै प्यारा मान्छे

त्यही अंकुरणले बंश धान्छ भन्दै

अनेकौ दिवा सपनाको सागर बुन्दै !!!!!!

 

नियति सुल्टो हुदाँ

संसारको रित नै हो भन्दै

आफन्तको सम्झाई बुझाई संगै

ओल्लो गाउँ पल्लो गाउँ हेर्दै

यो मनलाई सम्हालिन सकिने

तर

तर समयको उल्टो घुमाई संगै

सन्ततिलाई अभिभाबकले

दागबत्ती दिएको कारुणिक दृश्यले

यो मननै बज्रपात हुने

भाबबिहोल हुने

चटक्क कुडिने

तै पनि तै पनि

बिबश छन् सबैजना

भाबीको खटन खट्नलाई !!!!!!!!!!

 

दैब

तिम्रै कारणले

न परिवार मसंग छन्

न म परिवारसंग छु

सहन गार्हो यो बिछोडलाई

तै पनि तै पनि

म जसो तसो रहुला

त्यहा असह्य छ परिवारलाई

सन्ततिकोको मलामी बनेर फर्किदा

बस् येत्ति याचना छ

परिवारलाई थप कष्ट नदेउ

घाउमा नुनचुक न छर्की देउ

हृदयदेखि निबेदन छ  !!!!!!!!!!!!!

तिमी र म

Posted: February 12, 2020 in Uncategorized

you and me

तिमी पुर्ब जाउँ भन्छौ

म पश्चिम जाउँ भन्छु

अनि कहाँ सम्भब हुन्छ

एकै गन्तव्यमा पुग्न

संगै रमाइलो पल बिताउन !!!!!!!!!!

म यो काम गरौ भन्छु

तिमी त्यो काम गरौ भन्छौ

अनि कहाँ बन्छ समझदारी

कहाँ हुन्छ हो मा हैसे गर्न

फगत तिमी अर्कै धुनमा हुन्छौ

म अर्कै तालमा हुन्छु

अनि लथालिङ्ग हाम्रा ति सपनाहरू !!!!!!!!

तिमी  टुटेफुटे अंग्रेजी बोल्छौ

मलाई आफ्नै भाषा प्यारो छ

अनि कहाँ हुन्छ

हाम्रो बार्तालापमा मिठास

फगत हामी फत्फताई रहने छौ !!!!!!!

तिमी देशलाई लुट्न

अरुको चाकरी गर्न मस्त छौ

म दश नंग्रा खियाएर

देश बनाउने सपना बुन्दै छु

अनि कहाँ हुन्छ

सम्वृद्ध नेपालको सपना पूरा

म तिम्रो लागि तगारो बन्ने छु

तिमी मेरो लागि तगारो हुनेछौ

अनि तुहिने विकासको योजनाहरू

थलिने ति अग्रगामी छलांगहरू !!!!!!!!!

तिमी बेथिति मच्चाउन उद्दत छौ

मलाई समाजमा थिति बसाउन छ

अनि कहाँ सम्भब हुन्छ र

समाजमा भाईचारा बनाउन

एकआपसको सामिप्यता प्रगाढ बनाउन

ताई न तुइको

मलाई देख्दा तिमीले मुन्टो बटार्ने

मैले तिमीलाई देख्दा मुन्टो बटार्ने

अनि मुन्टो बटार्दा बटार्दै

हामी सधै पछि धकेलिने

एकअर्कालाई दोषारोपण गर्दै

उसले मलाई दोषी नजरले हेर्ने

मैले उसलाई दोषी नजरले हेर्ने !!!!!!!