Archive for August, 2023

हामी दुईको नासो

हाम्रो छोरो

बाल्यकाल देखि नै

आफ्नो फरक  पहिचान बनाउन सकोस्

बालापनलाई आत्मासाथ गर्दै

अबोध मस्तिष्कलाई

परिपक्क बनाउन सकोस्

उमेर बृदि संगै

आफ्नो मुल्य चिन्न सकोस्

भिडमा गुमनाम नभई

आफ्नो फरक चिनारी बनाउन सकोस्

के सही के गलत

स्वबिबेक प्रयोग गर्न सकोस्

आमाको त्यागलाई बुझोस्

बुवाको संघर्षलाई बुझोस्

आफुलाई अलग धारमा उभाउदै

समाजको परिवेशलाई बुझोस्

आजको भोलि होइन

दिगो योजना बनाउन सकोस्

कुरीति कुसस्कार पट्टाक्षेप गर्दै

अग्रगामी कदम चाल्न सकोस्

दुख सुखलाई बुझोस्

सफलता असफलता भगोस्

हारजितलाई अंगालोस्

तनलाई मनलाई

आफ्नो बसमा राख्न सकोस्

परिवर्तनको संखघोष गर्दै

आफ्नो फरक  छाप छोड्न सकोस्

जहाँ आमा बुवाको आँखामा

खुसीको आशुहरु टिलपिलुन

र गर्वले छाती फुलाउदै

भन्न सकुन्

त्यो हाम्रो छोरा हो

हामी दुईको नासो

हाम्रो विजयवान छोरा

हाम्रो कर्मशील छोरा

हाम्रो सारथी

हाम्रो भरोसा

हाम्रो नैतिकवान छोरा

हाम्रो अनुशासित छोरा

हाम्रो विजयवान  छोरा

हाम्रो कर्मशील छोरा !!!!!!!!

                                                                                                                                                                  अनिश पराजुली “मित्र”

  २०८०/०४/१५

घामको पहिलो किरणले

धर्तीमा उज्यालो गरे झैँ

सिंचाईले खेतबारीलाई

हरियो बनाए झैँ

दुरदराजमा बाटो पुग्दा

आम मानिसमा हर्षउल्लास भए  झैँ

शिकारीको पन्जाबाट फुस्केको

त्यो भावभिवर हरिण झैँ

आज तिम्रो आगमनले

सपरिवारमा खुसी छाएको छ

हामी दुईको नासो

हाम्रो सन्तान

तिम्रो प्रदार्पणले

खुसी, रोदन , आशु

बत्तिसदन्ते हासो

एकसाथ ल्याइ दिएको छ

किनकी तिमीसंगै

हाम्रो सपनाहरु जोडिएको छ

संघर्षको पाटाहरु जोडिएको छ

उज्ज्वल भविष्यको परिकल्पना छ

जहाँ हामी ओठलाई

तन्काई तन्काई

गर्वको साथ  भन्न सकौ

यो हाम्रो सन्तान हो

हामी दुईको नासो

हाम्रो विजयवान सन्तान

हाम्रो कर्मशील सन्तान  !!!!!!!!

रंगमन्च रुपी संसारमा

तिमी एक पात्र हौ

तिम्रो छुट्टै पहिचान छ

फरक रोल छ

जहाँ तिमीले

अभिनयको खेलहरु

एक पछि अर्को खेल्नु छ

संघर्षको मैदानमा

डटेर लड्नु छ

विघ्नबाधालाई पन्छाउनु छ

चौतर्फी हमला हुदा पनि

अडिग रहनु छ

किनकी

तिमी हाम्रो सन्तान  हौ

तिम्रो आमाको त्यागलाई

तिमीले बुझेका छौ

तिम्रो बुवाको संघर्षलाई

नजिकवाट नियालेका छौ

जिवनलाई सार्थक बनाउन

के गर्नु हुन्छ

के गर्नु हुदैन

देखेका छौ

जीवनको परीक्षामा

परिक्षार्थी बनेर

रंगमन्चमा

कलाकर्मी बनेर

खेल मैदानमा

खेलाडी बनेर

हर क्षेत्रमा

आफुलाई निपुर्णता बनाउदै

जीवनलाई सार्थक बनाउदैं

आफ्नो जन्मलाई सिद्द गर्दै

हाम्रो भरोसा टिकाउदै

अविचलित रहदै

अविछिन्न रहदै

किनकि

तिम्रो पहिचानमा

हाम्रो पहिचान जोडिएको छ

र भबिस्यमा

खुसीको आशु झार्दै

ओठलाई तन्काई तन्काई

गर्व साथ भन्न सकौ

यो हाम्रो सन्तान हो

हामी दुइको नासो

हाम्रो विजयवान सन्तान  

हाम्रो कर्मशील सन्तान   !!!!!!

                                                                        अनिश पराजुली “मित्र”

                                                                        २०८०/०४/१५