अन्योलताको भुमरीमा फसेको बेला
साथमा साथ काधमा काध गर्दै
हो मा हैस्ये मिलाउने बुलन्द आवाजहरु
एकताबद्ध मजबुत हातहरु
नझुक्ने हाम्रो शिरहरु
र अटल रहेको हाम्रो
स्वाभिमान!!!!!!!!!!!!!!!!!!
न कहिले कसैको अधिनमा रह्यौ
न वर्तमानमा हामी झुकेका छौं
आफ्नो समस्या समाधान गर्न
हामी आफै सबल छौ
किनकि हामी बिर गोर्खालीको हौ
आत्मनिर्भर हाम्रो इतिहास साक्षी छ !!!!!!!!!
हामी साच्चै महान छौं
परिवर्तनलाई सस्थागत गर्दै
संभावनाको नक्शांकन कोर्दै
राष्ट्रियतालाई मुलमन्त्र बनाई
अग्रगामी छलाङ्ग मारेका छौं
बिगत र वर्तमान हामी सामु छ !!!!!!!!!!!!!!!!
जन्जिरले देश बाधिएको बेला
अब उठ्न ढिला भयो भन्दै
देशका लागि लड्ने बिर सपुतहरु
हो आज तिम्रै बलिदानले
देशले अग्रगामी छलाङ्ग मरेको छ
नेपालको संबिधान २०७२ पारित छ !!!!!!!!!!!!
पूर्वमा सुर्येको पहिलो झुल्कोसंगै
आशाका किरणहरु फैलिएको छ
अब देशले गति लिन्छ भन्दै
पिढ़ीमा बस्नु भएको हजुरआमा मक्ख छिन्
र मुस्कुराउँदै भन्दै थिइन्
अब देशमा भोकमरी हुने छैन
सिटामोलको अभावमा ज्यान गुमाउनु पर्दैन
खाने पानी लिन कोशौ जानु पर्दैन
देशमै स्वरोजगार हुने भए पछि
बिदेशी भूमिमा रगत पसिना बगाउनु पर्दैन
जातका राजनीति गर्नेहरु
अब सदा सदाको लागि बिलिन हुने छन्
सन्तानको खोजीमा गोधुली धाउने बाबुआमा
आखै अगाडी तिनको प्रगति देखि मख्ख हुनेछन्
त्रासै त्रासले पिल्सिएका मनहरु
अब अमनचयनको सास फेर्ने छन्
गास, बास कपासको ग्यारेन्टी हुदै
शिक्षा स्वास्थ्य सुबिधा सबैमा पुग्ने छ
बन्द कोठामा हुने लेनदेनहरु टुंगिनेछन्
षड्यन्त्रका कुटिल चालहरु
एकएक गर्दै पर्दाफास हुनेछन
रास्ट्रियतामा धावा बोल्ने जोकोहीलाई पनि
साम दाम दण्ड भेदको नीति हुनेछ
बसन्तमा फुलैफूलले रंगबाहर ल्याउने छ
महा भूकम्पले थिचिएको मेरो देश
पुन आफ्नो स्वाभिमान उभिने छ
के हिमाल के पहाड के तराई
सङ्घीय संरचनाले सबैलाई एकसाथ जोड्ने छ
अब प्रदेश प्रदेश बिचमा साझेदारी बढ्ने छ
जनमानसको निरन्तर दबाब संगै
नेताहरु जिम्मेवारी हुनेछन्
एक आपसमा भाइचारा कायम गर्दै
देशका लागि कदमहरु बढ्ने छ
र देशले साच्चै काचुली फेर्ने छ !!!!!!!!!!!!
हिमालको फेदमा हुर्केको छिमेकी
मनमा सन्तोष मान्दै भन्दै थिए
अब त अनुकुल वातावरण सिर्जना भइ
प्राकृतिक सम्पदाको संरक्षण गर्दै
जडीबुटीको उचित प्रयोग हुनेछ
सगरमाथाको शिर अटल रही
हिमश्रृंखलामा पर्यटन फस्टाउने छ
देशको मेरुदण्ड मजबुत हुनेछ !!!!!!!!!!!!
बिदेशी भूमिमा बेचिएर फर्केकी चेली
आफ्नो पिरबेदना मनमा दबाउदै
मन्द मुस्कान छोड्दै भन्दै थिईन्
अब चेलीहरु कोठीमा बेचिनु पर्दैन
दासी जिबन जिउन पर्दैन
किनकि अब शिप र कलामा निपुण हुदै
सबै चेलीहरु स्वावलम्बी बन्ने छन् !!!!!!!!!!!!!!!!!!!!!!
बर्षौ कुरेर बल्ल न्याय पाएका काका
मनमा अठोटका साथ भन्दै थिए
अब आशाको किरण झुल्केसंगै
पिडकले न्याय पाउनेछ
अपराधी सजायको भागीदार हुनेछ
अब देशमा दण्डहीनताको अन्त्य हुनेछ !!!!!!!!!!!!!!!!
खेतमा कामगरि फर्केका दाजु
खुसि प्रकट गर्दै भन्दै थिए
अब त किसानले पसिनाको मुल्य पाउनेछन्
आर्थिक क्षेत्रमा क्रान्ति भइ
दक्ष जनशक्ति देश निर्माणमा लाग्ने छन्
संचार प्रबिधि खेलकुदले फड्को मर्ने छ
घर गाउँ सहर हुदैँ
राष्ट्रले अग्रगामी कदममा अघि बढ्ने छ
बिकाशको खुड्किलो एक गरि अर्को उक्लिदै
नेपाल र नेपाली बिश्व सामु चिनिने छ !!!!!!!!!!!!!!!