Archive for April, 2020

Coronavirus

हिजो आफूलाई सर्बश्व ठान्ने मानिस

प्रकृति दोहनमा राज गर्ने मानिस

आफूलाई शेर कहलाउदै

जलचर , थलचर र नभचरमा

शासन गर्ने मानिस

आज उसको सिंहाशन

थरथर हल्लिएको छ

र पनि  ऊ मौन छ

लाग्छ मनौता नै

उसको परिचय हो

किनकी

ऊ नाथे भाइरससँग त्रसित छ

ऊ नाथे भाइरससँग थर्कमान छ !!!!!!!!!

हिजो भिमकाय  हात्तीलाई

आफ्नो इसारामा नचाउन सक्यो

साकाहारी, मांसहारी प्राणीको

भक्षण गर्न सक्यो

बिश्वबिजयको शंखघोष गर्दै

शंक्तिको उन्न्मातमा क्रुर बन्यो

आज ऊ विवश छ

सुक्ष्म जीवाणु भाइरससंग

आत्मसमर्पण गर्दै छ

लाखौ लाखको ज्यान जांदापनि

ऊ नतमस्तक छ

किनकि

उसले हार स्वीकार गरिसकेको छ

ऊ नाथे  नाथे भाइरससँग त्रसित छ

ऊ  नाथे भाइरससँग भयभित  छ !!!!!!!!!

हिजो हतियारको आडमा

शत्रुमाथि युद्दको बर्बता चलायो

गोली बम पड्काउदै

नरसंहारको शृंखला चलायो

तर सकेन उसले भाइरसको बंशनाश गर्न

न त सक्यो भाइरसको भ्रुण हत्या गर्न

न त ऊ संग प्रतिकार गर्ने हतियार छ

न त प्रतिरक्षा गर्ने औजारहरू

किनकि ऊ लाचार छ

नाथे भाइरससँग त्रसित छ

नाथे भाइरससँग भयभित  छ  !!!!!!!!

हिजो पशुपंक्षीलाई

चिडियाखानामा थुनी सेल्फी खिच्दा

अट्टाहास हासो उत्सब मनाउने ऊ

आज आफैँ आफ्नै घरमा कैद छ

थुनिनुको पिडा भोग्दै छ

हिजो पैसा  मात्रै देख्ने उसको नजर

आज पैसा अभिसाप बनेको छ

स्वयंम् पैसा छुन डराएको छ

कोरोनको महामारी पछि

मानव इतिहासमा पहिलो पटक

बाच्नको लागि कमाउन छोडेको छ

किनकी

ऊ नाथे भाइरससँग त्रसित छ

ऊ नाथे भाइरससँग थर्कमान  छ  !!!!!!!!

हिजो  श्वेत ,अश्वेत छुवाछुतको

डन्का पिट्ने ऊ

आज ऊ सबैबाट टाढा  भाग्दै छ

अरु ऊसंग भयभित छन्

ऊ अरुसंग भयभित छ

र त आफ्नै घरमा कैद छ

पिंजडामा सुगाले  भोग्ने पिडा

कोरोना कहरबिच भोग्दै छ

किनकी

ऊ नाथे भाइरससँग त्रसित छ

ऊ नाथे भाइरससँग भयभित  छ  !!!!!!!!

हिजो अन्तरिक्षमा घडेरी किन्न

होडबाजी गर्नेले

आज उसलाई पृथ्वीमा भएको

घडेरी पनि बोझ भएको छ

बिश्व नै लकडाउन छ

मानव सभ्यतालाई चुनौती दिदै

कोरोनको कहर बिश्वब्यापी छ

सूक्ष्म जिबानु भाइरस पनि

हाम्रो नियन्त्रण बाहिर छ

किनकी यो भुमरीले

राजा-प्रजा भनेको छैन

धनि-गरिब भनेको छैन

शिक्षित-अशिक्षित भनेको छैन

पुरूष-महिला भनेको छैन

बालक बृदा भनेको छैन

यसको नजरमा सबै समान छन्

यो काल मात्र होइन

महाकाल हो

बिनासको घन्टी बजाउदै

बिश्वभ्रमणमा निस्केको उसंग

पौठेज्वोरी खेल्ने दम छैन

संसारलाई कठपुतली ठान्ने ऊ

नाथे भाइरससँग थर्कमान  छ

नाथे भाइरससँग भयभित  छ  !!!!!!!!

हिजो आफुलाई सर्बशक्तिमान ठान्ने मनुष्य

बिज्ञानले हर कुरा जित्छु भन्ने मनुष्य

आज उसको घमण्ड तोडिएको छ

काँच टुक्रा टुक्रा परे जसरी

किनकी

उसको बिज्ञान फेल खाएको छ

जाबो भाइरससँग डराएको छ

सामाजिक दुरी नै

प्रयोगशाला बनेको छ

र त घरमै कैद छ

किनकी

ऊ नाथे भाइरससँग त्रसित छ

ऊ नाथे भाइरससँग भयभित  छ  !!!!!!!!

हिजो अरुको बिनासमा रम्थ्यो मनुष्य

आज उसको त्रासदीमा अरु मौन छन्

नदी निच्छल बगेको छ

हावा स्वच्छ  भएको छ

आकाश  निलो खुल्ला  भएको छ

वन्यजन्तु निस्फिक्री घुमेका छन्

र त यहाँ

प्रकृति सुन्दर शान्त बिशाल भएकी छन्

धर्तिमाताले अमनचयनको

सास फेर्न पाएकी छन्

किनकी

मानिस यहाँ नाथे भाइरससँग त्रसित छ

चार दिवारमा कैद छ

न त यहाँ कसैको हुकुमीराज  छ

न त धर्तिमाथि दमन छ

मानवलाई मानवता सिकाउदै

कोरोना भाइरसको कहर छ

कोरोना भाइरसको कहर छ !!!!!!!!!!!!

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

dt_200121_coronavirus_800x450

प्रकृति दोहनले सिमा नाघेपछि

मानवमा मानवता नै हराएपछि

ज्योतिषीले गोजीको पार्त्रो  हेर्दा

रहु केतु शनि सबै मिले पछि

यहाँ कलि जागेको छ

आधिबेहरी आएको छ

घैटोमा घाम नलागेपछि

कोरोनाको महामारी बिश्वब्यापी छ

कोरोनाको महामारी बिश्वब्यापी छ  !!!!!!!!!!

 

चीनको हुबेई प्रान्त हुदैँ

डिसेम्बर-२०१९मा फैलिएको यो रोग

आज विश्व आक्रान्त छ

सुक्ष्म जिबाणु भाइरस पनि

हाम्रो नियन्त्रण बाहिर छ

कोभिड-१९ नामले चिनिएको यो रोग

अनिष्टको घन्टी बजाउदै

सबको मनमस्तिस्क हल्लीखल्ली  पारेको छ

सबको मनमस्तिस्क हल्लीखल्ली  पारेको छ!!!!!!!!

 

के धनि के गरिब

के शासक के प्रजा

कोरोनाको कहर सबैमा छ

एक होइन दुई होइन

यहाँ हजारौहजारको इतिलिला सकिएको छ

लाखौलाख संक्रमित छन्

करौडौ प्रभावित छन्

बिश्व नै लकडाउन छ

मानव इतिहासमा पहिलो यस्तो घटना भएको छ

बाँच्नको लागि कमाउन छोडेका छन्

अनि आफ्नै घरमा कैद छन्

अनि आफ्नै घरमा कैद छन् !!!!!!!!!!!!!

 

यो कस्तो जिबाणु हो कोरोना

मानिसलाई पलपल मारिरहने

पहिले कसैले कसैलाई भेट्न नदिने

मृत्यु शैयामा छट्पटाईरहदाँ

अनि परिवार इस्टमित्रको अन्तिम पलमा पनि

मलामी बनेर बिदाई गर्न नदिने

बाहिर जाऊँ कोरोनाले मार्ला भन्ने पिर

भित्रै बसम भोकमरीले मरिएला भन्ने पिर

हाय विपन्नका पिडा कसले बुझिदिने

हाय विपन्नका पिडा कसले बुझिदिने!!!!!!!!

 

धनदौलतको कुरा  नगरम्

यहाँ बाचिनेको नै ठेगाना छैन

यत्रतत्र पैसा फालिएका छन्

के यूरोप के अमेरिका के अस्ट्रेलिया

के एशिया के अफ्रिका

यहाँ कोरोना सामु

बिश्वनै हरेको छ

मानव सभ्यतालाई चुनौती दिदै

कोरोना दिन दुईगुणा

रात चौगुणा

मान्छेको प्राण हर्दै छ

बिश्वभ्रमणमा निस्केको कोरोना

अब त सकिदेउ भन्दै

एकै स्वरमा भन्दै छन्

हे कोरोना अब त हाम्रो पुकारा सुनिदेउ

किनकि

हामीले चेतिसकेका छौ

मानवताको  खडेरीमा मानवता सिकाएका छौ

प्रकृतिमाथिको हाम्रो बर्बता बुझ्नलाई

गुमेको हाम्रो चेतना ब्युझाएका छौ

मै खाऊ मै लाऊ भन्ने समाजमा

एकताबद्ध रहन मार्गदर्शन गरेका छौ

सुन्दर शान्त हरियाली प्रकृति नै राम्रो

भन्ने दिब्यज्ञान दिएका छौ

मानवचोलाको औचित्य कायम राख्न

अहंकारको भावना त्याग्न सिकाएका छौ

हे कोरोना बिन्ति हाम्रो पुकार सुनीदेऊ

अब त बिश्वभ्रमण स्थगित गरिदेउ

अब त बिश्वभ्रमण स्थगित गरिदेउ !!!!!!!!!