“आमा”

Posted: March 3, 2020 in Uncategorized

aama

“आमा”

म हरिकृष्णको आमा दुर्गामाया

चाउरिएको गाला र थिथिल म

प्यासिएको मेरो गाला

नजिकैको ढलोट ल्याईदेऊ भन्दा

एउटालाई समय नहुने

अर्कोले मुन्टो बटार्ने

म बुढी प्यासीको प्यासी नै

थुक निल्दै घाटी रसाउन बाध्य म

तर पनि मेरो कुनै गुनासो छैन

आखिर म त उसको आमा न हुँ

यो संसार देखाऊने आमा !!!!!!!!!

म हर्के बहादुरको आमा सितादेबी

सानैमा यसको बुवाले

यो धर्ती छाडे पछि

आफ्नो चाहनालाई तिलान्जली दिदै

यही सन्तानको मुख हेर्दै

भरोसामा बाचेको म

आज बृदाआश्रममा मलाई एक्लै छाडेर

ऊ आफ्नै संसारमा हराउदै छ

म उसको जिबनमा बोझ भए रे

र त मलाई यो निराकार ठाउँमा छोडेको छ

र पनि मेरो कत्ति दुखः मनाउ छैन

कारण म त उसको आमा न हुँ

उसको शिरमा मेरो सधै आशीर्वाद छ !!!!!!!

म लिलाको आमा फूलकुमारी

मेरो सन्तान भन्नु नै उही थिई

थुप्रै सपना बुन्दै थिई

भरोसा कुरा गर्थी

तर आज समय फेरिएको छ

बिबाहमा पछि ऊ बदलिएकी छ

र त मेरो लालपुर्जा उसको नाममा छ

आफ्नो यहाँ उठीबास छ

र पनि कत्ति दुखः मनाउ छैन

आखिर म त उसको आमा पो हो

सन्तानको खुसी नै मेरो खुसी

सन्तानको खुसी नै मेरो खुसी !!!!!!!!!!!!

म रेशमको आमा पूर्णकुमारी

छोरोको नामले चिनिदा

यो छाती गर्वले फुल्छ

तर धरातल अर्कै छ

मनको बह कसरी कहुँ

घरमा न कोहि बोल्ने

न त रसिलो खान पाउने

मौनता राख्न पर्ने

यो कस्तो जुर्म भयो

र सोच्न बाध्य हुन्छु

अंह केहि पाउदिन

शिवाय मेरो चाउरिएको गाला

र पनि मेरो कुनै गुनासो छैन

आखिर म त उसको आमा हो

उसलाई पालेको दिन सम्झन्छु

र पनि दुखः लाग्दैन

आखिर म त उसको आमा न हुँ

आखिर म त उसको आमा न हुँ !!!!!!!!

 

 

 

Leave a comment