मेरो दाह्री

Posted: October 18, 2020 in Uncategorized

मेरो दाह्री

नआइज भन्छु

बिहान काट्यो

बेलुका ठोसा आउँछ

भोलि त् च्वास घोच्छ

नकाटे सुखै नहुने

दिनदिनै  मेरो दाह्री !!!!!

नरको पहिचान मेरो दाह्री

दुनियाँलाई खोई किन हो  भारी

न मेरो दाह्री तिनलाई घोचेको छ

न तिनलाई कुरुपता बनाएको छ

न त तिनीहरुसँग केहि खोजेको छ

तर पनि

 किन यति धेरै चासो

मैले आफुले पालेको

यो लामो दाह्रीमा !!!!!!!!

मेरो गालामा लामो दाह्री

कांधमा छ जिम्मेवारी

दिमाखमा छ समझदारी

अनि काममा छ साझेदारी

तैपनि

आफ्नो सौखलाई पुरा गर्दा

दाह्रीलाई विरक्तता कुरुपताको

पगरी दिने समाज

कसैले उ बौलाहा आयो भने

कसैले सन्काहा आयो भने

कसैले मेरो झुस्से दाह्रीलाई

झाडीको उपमा दिए

स्ट्रेट गर्ने सल्लाह दिए

जुम्रा पर्यो होला भनि समेत व्यंग्य गरे

ओहो सेल्फ  मेड मास्क पनि भने

छिमेकीको त नकुरा गरम्

के जवानी मै बुढो भएको भने

आफन्तले फिटिक्कै सुहाएन भने

अल्छि लागेको भए मै काटिदिन्छु समेत भने

पैसा नभए मै गएर रेजर ल्याईदिम् समेत भने

परिवारको त् नकुरा गरम्

के जोगीको रुप बनाएको भने

धन्न केहि दाह्रीवाला साथी थिए र

दुनियाँले जे भनोस् बाल हाने

किनकी आफ्नो सौख पुरा गर्नु थियो  !!!!!!!

झुस् परेको मेरो दाह्रीलाई

सधैँ चिरिच्याट्ट पारियो

कहिले फ्रेन्च कट

कहिले लेलिन कट

कहिले जुँगामात्र राखियो

नो सेब नोवेम्बेर मनाइयो

दाह्री ग्यांगको हिस्सा भईयो

नारीलाई सारी

पुरुषलाई दारी

कहिले भारी नहुने ट्रेन्ड चलाईयो

सम्झनामाको लागि

पोजपोजमा फोटो सेसन गरियो  !!!!!!!!

अहिले मेरो लामो दाह्री

मेरो गालामा छैन

दाह्रीमाथि  अरुको हेर्ने नजरले

उ थाकिसकेको छ

मैले मेरो सौखलाई तिलान्जली दिएको छु

अहिले कसैको कच् कच् सुन्न परेको छैन

र त

सधैँ बिहान ऐनामा दाह्रीले भन्छ

केटा म यो समाजसँग हारिसके

तं पनि हारिसकेको छस्

जा गएर रेजर ल्याएर

तेरो गाला चिल्लो पार

मलाई तं भित्रै कैद गर

सुन्दर फ्रेश भएर तं हिड्ने गर

किनकी म यो समाजसँग हारिसके

म तं भित्रै बसेर

तंलाई यो समाजले

हेन्डसम भनेको सुन्न मन छ

मेरो कारणले तं हारेको चाहान्न

तंलाई मेरो कारणले पाउने उपमा चाहान्न

जा ब्रस गरेर मलाई काट    

जा ब्रस गरेर मलाई काट     !!!!!!!!!!!!!

Leave a comment